नेपाली किम्बदन्ती

नेपालका पहाड, वन, नगर, नदी, ताल, मन्दिर, देवी-देवता र जात्रा — हरेकको पछाडि एउटा परम्परागत किम्बदन्ती लुकेको छ। पुस्तौँदेखि मुखबाट मुखमा चलिआएका यी कथाहरूले कुनै ठाउँलाई नाम कसरी रह्यो, कुन देवता कसरी प्रकट भए र कुन चाड किन मनाइन्छ भन्ने बताउँछन्। छ वटा विषयगत समूहमा मिलाइएका यी कथा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढ्न सकिन्छ।

स्थाननाम

नेपालका पहाड, वन, नगर र ठाउँहरूको नाम कसरी रहन गयो — तिनका उत्पत्तिका कथा।

हिमालय

सृष्टिको आरम्भमा जलमग्न संसारमा माछा र चट्टानबाट हिमालय पर्वत शृंखला सिर्जना भएको कथा।

जातमात्रोच्च (जामाचो)

नागराजहरूको वास रहेको नागह्रदमा विपस्वी बुद्धले कमलको बीज रोपी जातमात्रोच्च पर्वत बनेको कथा।

ध्यानोच्चगिरि

स्वयम्भू ज्योति हेरी सिखी बुद्धले ध्यान गरेको डाँडो ध्यानोच्चगिरि (चन्द्रागिरि) बनेको कथा।

फुलोच्चगिरि (फुलचोकी)

विश्वभू बुद्धले लाख फूल चढाई भविष्यवाणी गरेको डाँडो फुलोच्चगिरि (फुलचोकी) बनेको कथा।

पद्मगिरि

मञ्जुश्रीले पहाड काटी नागह्रदको पानी बगाएपछि कमल आकारको पद्मगिरि प्रकट भएको कथा।

मृगस्थली

ब्रह्मा, विष्णु र महेश्वर मृगरूपमा देखिएको वन मृगस्थली भनिने कथा।

मणिचूडगिरि

निधारको मणि दान गरी प्रजाको रोग निको पार्ने दानी राजा मणिचूड र वज्रयोगिनीको कथा।

धान्यगिरि (वार्डाँ)

धानको विशाल थुप्रो माटो भई वाडों (धान्यगिरि) बनेको राक्षसको कथा।

श्लेष्मान्तकवन

दैत्यको ताल सुकाई कृष्ण-प्रद्युम्नले प्रभावती ल्याएपछि श्लेष्मान्तकवन बनेको कथा।

गोकर्ण

पितृ खोज्दै हिँडेका दन्तुरले पिण्डदान गरी गोकर्ण तीर्थ स्थापना भएको कथा।

दमौली

पराशर ऋषि र माझीपुत्रीको भेटले मादी-सेती दोभान दमौली बनेको कथा।

मिथिला

निमि राजाको देहबाट मिथि राजा जन्मी मिथिला देश बनेको कथा।

धनुषा

राजा जनकले खेत जोत्दा सीता भेटिएको र शिवको धनु भाँचिएको धनुषा स्थानको कथा।

कपिलवस्तु

कपिल ब्राह्मणको आश्रममा राजपुत्रहरू बसी कपिलवस्तु नगर बनेको कथा।

हेटौँडा र भीमफेदी

भीमसेनले हिडम्बालाई जिती भुटनदेवीसँग बिहे गरेको ठाउँ हेटौंडा र भीमफेदी बनेको कथा।

सिम्रौनगढ

दैत्यले रातभरमा बनाउँदा अधुरै रहन गएको सिम्रौनगढ किल्लाको कथा।

भाटभटेनी

नासो हडप्न खोज्दा दण्डित भएको भाटभटेनी दम्पतिको नामबाट ठाउँ बनेको कथा।

बत्तीसपुतली

विक्रमादित्यको न्याय सिंहासनबाट बत्तीस परी उडेर बत्तीसपुतली थलो बनेको कथा।

टुँडिखेल

केटाकेटी खाने गुरुमापा राक्षसलाई राख्न बनाइएको चौर टुँडिखेल बनेको कथा।

ललितपत्तन

कुरूप घाँसी ललित गोरीकुण्डमा स्नान गरी रूपवान् भई ललितपत्तन बसालेको कथा।

नमोबुद्ध

राजकुमार महासत्वले भोकाएकी वाघनीलाई आफ्नो मासु दान गरेको नमोबुद्धको कथा।

जलनाम

नेपालका नदी, ताल, पोखरी र पवित्र कुण्डहरूका कथा र तीर्थहरूको महिमा।

त्रिशुली र गोसाइँकुण्ड

समुद्र मन्थनको हलाहल विष शिवले पिई त्रिशुली नदी र गोसाइँकुण्ड बनेको कथा।

वाग्मती र केशवती (विष्णुमती)

क्रकुच्छन्द बुद्धले चट्टानमा औंलो घोपी वाग्मती र केशवती (विष्णुमती) नदी निकालेको कथा।

प्रभावती र रत्नावती

दानवले लुकाएको धन खोज्दा रत्न बगी रत्नावती र प्रभावती नदी बनेको कथा।

रोषमती (रोसी)

पाटन र पनौतीका राजाले फुलचोकीको पानी माग्दा रोषमती (रोसी) नदी बनेको कथा।

उग्रतीर्थ

च्यवन ऋषिको उग्र तपस्याबाट शिव प्रकट भई उग्रतीर्थ पवित्र तीर्थ बनेको कथा।

कुम्भेश्वरकुण्ड (क्वन्तितीर्थ)

गोसाइँकुण्डमा हराएको औंठी कुम्भेश्वर कुण्ड (क्वन्तितीर्थ) मा भेटिएको कथा।

कालीगण्डकी

वेश्याको पेशा गर्दै पनि पतिव्रता रहेकी कालीबाट कालीगण्डकी नदी बनेको कथा।

महाकालीनदी

सीताको व्यंग्यले अहिरावणसँग लड्दा महाकाली प्रकट भई महाकालीनदी बनेको कथा।

दुग्धवती

रावणले गाडेको अभिशप्त रक्तको घ्याम्पो र सीताको जन्मबाट दुग्धवती नदी बनेको कथा।

रत्नसागर

भोजका लागि सामग्री खोज्दै हिँडेका महन्तलाई कन्याले रत्नको घडा भेटाएको ताल रत्नसागर बनेको कथा।

सुर्मासरोवर

कुष्टरोगी शिवलाई छोडी हिँडेकी रानी सुर्मा तपस्या गरेको सरोवर सुर्मासरोवर बनेको कथा।

मातातीर्थ

गोठालोले चढाएको रोटी दिवंगत आमाको हातले खाएको कुण्ड मातातीर्थ बनेको कथा।

स्वप्नतीर्थ

स्वप्नमा देखेको कुलोको जलले कुष्टरोगी निको भई स्वप्नतीर्थ प्रसिद्ध भएको कथा।

भौल्वापुखु

आनन्द मल्लले मूसा र बिरालोको भिडन्त देखेको ठाउँमा भौल्वापुखु पोखरी बनेको कथा।

वास्तुनाम

मन्दिर, विहार, चैत्य र आँगनहरूको कथा — काठमाडौं उपत्यकाका ठाउँलाई नाम दिने संरचनाहरू।

काष्ठमण्डप

कल्पवृक्षको काठबाट काष्ठमण्डप बनी काठमाडौं नाम रहेको कथा।

विक्रमशील विहार

धर्मश्रीमित्रले मञ्जुश्रीबाट मन्त्रको गूढ अर्थ बुझी विक्रमशील विहार बनाएको कथा।

नारायणहिटी र खाष्टीबौद्ध

आत्मबलि दिन तयार राजा विश्वदेवबाट धारा चलेको र खाष्टीबौद्ध चैत्य बनेको कथा।

काठेसिम्भु

समन्तभद्र तान्त्रिकले काशीको जैन मन्दिर उडाएर ल्याई काठेसिम्भु बनाएको कथा।

पारावत महाविहार

जुवाडे केशचन्द्रले परेवाको कृपाले सुन पाई पारावत महाविहार बनाएको कथा।

भीमसेनस्थान

भरियाको रूपमा भीमसेन प्रकट भई दोलखा फर्केको भीमसेनस्थानको कथा।

विरूपाक्ष

आमासँगको महापापबाट मुक्ति पाउन विरूपाक्षले शिवको तपस्या गरेको कथा।

भेडासिङ

रानी र मन्त्रिणीको गुप्त कृत्य पत्ता लागी भेडाको टाउको शिला बनेको भेडासिङको कथा।

मत्स्यदेवता (न्याद्य:)

ज्योतिष डाक र बरामीले माछा वर्षने जोग फल्ने ठाउँ पहिल्याएको मत्स्यदेवता (न्याद्यः) को कथा।

देवनाम

नेपालका इष्टदेवता — शिव, विष्णु, भैरव, गणेश र मष्टो देवता — कसरी पूजिन थाले, तिनका कथा।

पशुपतिनाथ

गाईको दूध पृथ्वीमा छर्किएर पशुपतिनाथको ज्योतिलिंग भेटिएको र नेपाल नाम रहेको कथा।

गोकर्णेश्वर

मृगरूपी शिवको सिङ भाँचिई गोकर्णेश्वर लिंग स्थापित भएको कथा।

इन्द्रेश्वर

अहल्याको श्राप मोचनार्थ इन्द्र र शचीले तपस्या गरेको इन्द्रेश्वर लिंगको कथा।

ईशानेश्वर

हलोको फालीले ईशानेश्वर प्रकट भई घिमिरेलाई सन्तान दिएको कथा।

भीमेश्वर (भीमसेन)

ढाक्रेको भेद खुल्दा भीमसेन शिलामा प्रकट भई भीमेश्वर बनेको कथा।

लुकुमाद्यो

भष्मासुरबाट लुक्न शिव नेपालमा मद्य-मांस खाई लुकुमाद्यो बनेको कथा।

सूर्यविनायक

मृत शिशुलाई शिव र गणेशको कृपाले ब्युँताएको सूर्यविनायकको कथा।

चाँगुनारायण

तक्षक र गरुडको युद्धपछि विष्णु र आर्यावलोकितेश्वर चारु पर्वतमा रहेको कथा।

बूढानीलकण्ठ

खलिहानको धान घट्न नछाडेपछि खनेर विष्णुको मूर्ति भेटिएको बूढानीलकण्ठको कथा।

तिलमाधव

तिल बेच्दै गर्दा तिलको रासमा विष्णु प्रकट भएको तिलमाधवको कथा।

मत्सेन्द्रनाथ (बुंगद्यो)

खडेरी हटाउन कामरुपबाट मत्सेन्द्रनाथ ल्याई रथजात्रा चलाइएको बुंगद्योको कथा।

बाघभैरव

गोठालाले बनाएको माटाको बाघ जीवित भई भेडा खाएपछि बाघभैरव बनेको कथा।

आकाशभैरव (आजुद्यः)

किरात राजा यलम्बरको काटिएको शिर आकाशमा उडी आकाशभैरव बनेको कथा।

चन्दननाथ र भैरवनाथ

दुई सिद्धले काठ र जलबाट चन्दननाथ र भैरवनाथ प्रकट गरी जुम्लामा अन्न फलाएको कथा।

कानावराह र रानावराह

रानावराहले दुष्ट वराहलाई जिती आँखा फुटाई कानावराह बनेको कथा।

वान्निमष्टो

तीर्थबाट ल्याएको ढुंगो बान्नीमष्टो देवता बनी राज्य दिएको कथा।

दाहेमष्टो र कुदाहेमष्टो

अप्सरा र शिवबाट जन्मेका दाह्रेमष्टो र कुदाहेमष्टो देवताको कथा।

हरेलोदेवता

अन्यायले मरेका हली हरेलो देवता बनी अन्नबालीको रक्षा गर्ने कथा।

देवीनाम

देवी, अजिमा र कुमारीका कथा — शक्तिपीठ, तान्त्रिक देवालय र जीवित देवी परम्परा।

बज्रयोगिनी (ह्याउँख्वामैजु)

पहराको वज्रबाट तेजोरूप बज्रयोगिनी प्रकट भई साँखु नगर बसाइएको कथा।

भद्रकाली (लुँमडी)

शत्रुबाट पीडित राजालाई ज्यापुले भेटेकी बालिका लुँमडी देवीले रक्षा गरेको कथा।

इन्द्रायणीदेवी (लुतिमरु अजिमा)

भोजमा अपमानित लुतिमरुले दिव्य रूप धारण गरी इन्द्रायणी अजिमा बनेको कथा।

आकाशयोगिनी (विजासःद्यो)

वज्राचार्यको मन्त्रले आकाशमा उडेकी कन्यालाई रोकी आकाशयोगिनी बनेको कथा।

तलेजु

नान्यदेवले सरयूबाट तुलजादेवीको यन्त्र भेटी मन्दिर बनाएको तलेजुको कथा।

कुमारीदेवी

त्रैलोक्य मल्ल र राजपुत्रीबाट कुमारीदेवीको पूजा सुरु भएको कथा।

कुमारी र लाखे

माताको आज्ञाले कुमारीले प्रेमी लाखेलाई मारी आजन्म कुमारी बस्ने व्रत लिएको कथा।

बालकुमारी

महामारी रोक्न तान्त्रिकले बालकुमारीलाई गाडेपछि उनी रोगहर्ता देवी बनेको कथा।

तारिणीदेवी (तानाद्यो)

भक्तपुरबाट तारिणीदेवी (तानाद्यो) तलेजुमा स्थानान्तरित भएको कथा।

चण्डेश्वरी

चण्ड नामक दैत्यको संहार गर्न चण्डेश्वरी देवी प्रकट भएको कथा।

कंकालीमाई

सिम्रौनगढ ध्वस्त भएपछि कंकाल भेटिएको ठाउँमा कंकालीमाई देवी स्थापित भएको कथा।

शैलेश्वरी

हिमालयपुत्री पार्वती (शैलजा) शिवसँग विचरण गरी शैलेश्वरी देवी बनेको कथा।

जालपादेवी

सिद्ध ईश्वरनाथले बालिकालाई देवी मानी जालपादेवी स्थापना गरेको कथा।

ऋणमोक्षदेवी

खसानको कल्याल राज्यमा ऋणबाट मुक्ति दिने ऋणमोक्षदेवी स्थापित भएको कथा।

वरदादेवी

इष्टदेवी त्रिपुरसुन्दरीको कृपाले जुम्लाले अछाम जितेको वरदादेवीको कथा।

हारति

बुद्धले आफ्नी पूर्वजन्मकी आमा हारति देवीलाई आदर गरेको कथा।

लक्ष्मी र सरस्वती

ब्रह्माले सृष्टि रच्दा सरस्वती र लक्ष्मी प्रकट भई चतुर्मुखी ब्रह्मा बनेको कथा।

उत्सवपर्व

नेपालका जात्रा र चाडपर्वका उत्पत्ति कथा — बिस्केट जात्रा, इन्द्रजात्रा, शिवरात्रि, तिहार र अन्य।

बिस्केटजात्रा

भक्तपुरमा राति पालो वस्ने प्रथाबाट छुट्कारा पाई लिंगो ठड्याइने बिस्केटजात्राको कथा।

घण्टाकर्ण (गथामुगः)

नास्तिक अघोरी घण्टाकर्ण दैत्य बनी मारिएको र गथामुगः पर्व चलेको कथा।

नागपञ्चमी

हलोको चोटले नागका बच्चा मरेपछि नागराजलाई रिझाउन नागपञ्चमी मनाइने कथा।

भ्यागुतो पुर्णे (ब्याँजानके पुन्ही)

घण्टासुर दैत्यको कथा र भ्यागुताको विवाह गराइने ब्याँजानके पुन्हीको कथा।

रक्षाबन्धन (राखी)

रक्षादेवीको स्तुति गर्दै दाजुभाइलाई राखी बाँध्ने रक्षाबन्धन पर्वको कथा।

शृंगभेरीजात्रा (नेकूजात्रा)

राजा सिंहकेतु र रानी सुलक्षणाको अहिंसासँग जोडिएको नेकूजात्राको कथा।

गणेशचौथी (चथा)

विनायकको जन्मोत्सव र मूसोलाई वाहन बनाएको चथा (गणेशचौथी) को कथा।

तीज (हरितालिका)

हिमालयकी छोरी पार्वतीले शिवलाई पति पाउन व्रत गरेको हरितालिका (तीज) को कथा।

इन्द्रजात्रा

चोरीको दोषमा परेका इन्द्रलाई डाकिनीले छुटाई इन्द्रजात्रा चलेको कथा।

लक्ष्मीपूजा

दैत्यराज बलिको कथा र लक्ष्मीपूजाको उत्पत्तिसँग जोडिएको किम्बदन्ती।

नेपालसम्बत्

ज्योतिषी सिद्धिवन्तले शुभ मुहूर्त भेटी नेपालसम्बत् सुरु भएको कथा।

बालाचतुर्दशी (बालाचह्रे)

गुठीयार बालानन्द गिदी खाई बालासुर राक्षस बनेको बालाचतुर्दशीको कथा।

धान्यपूर्णिमा (योमरीपुन्ही)

धनी सुचन्द्रकी पत्नीले कुबेरलाई खुवाएपछि अन्न-धन बढी योमरी पुन्ही चलेको कथा।

भोटो जात्रा

नागराज कर्कोटकले नागिनीको आँखा ज्यापूबाट ओखती गराई भोटो जात्रा चलेको कथा।

शिवरात्रिका

व्याधाले रातभर बेलपत्र चढाई शिवको कृपा पाई मोक्ष पाएको शिवरात्रिको कथा।